
काठमाडौं । सरकारले उखु किसानलाई उपलब्ध गराउँदै आएको उखु प्रोत्साहन अनुदान कटौती गरेको छ । सरकारले उखु किसानले प्रोत्साहन गर्न पछिल्लो ७ वर्ष यस्तो अनुदान दिदैं आएको थियो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत उखु किसानलाई दिइँदै आएको अनुदान रकम कटौती गरेपछि किसान पलायन हुने जोखिम बढेको हो ।
चालु आव २०८१/८२ को बजेटमा उखु खेती प्रवद्र्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । तर, आगामी आर्थिक वर्षको बजेटमा यो बिषयलाई कतै सम्बोधन गरिएको छैन ।
सरकारले कार्यविधि नै निर्माण गरेर २०७५ सालदेखि उत्पादनका आधारमा किसानलाई अनुदान रकम दिँदै आएको थियो ।







प्रतिक्रिया