केदारनाथमा हेलिकोप्टर दुर्घटना, सातै जनाको मृत्यु


एजेन्सी । भारतको प्रशिद्ध तीर्थस्थल केदारनाथमा हेलिकोप्टर दुर्घटनामा परेको छ । ६ यात्रु सवार आर्यन एभिएसनको हेलिकोप्टर त्रियुगीनारायण र गौरीकुण्डको बीचमा दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनाग्रस्त हेलिकोप्टर घाँस काट्दै गरेकी नेपाली मुलकी महिलाले देखेपछि स्थानीय प्रशासनलाई खबर गरेकी थिइन् ।

हेलिकोप्टरमा ५ वयस्क, १ बच्चा सवार थिए ।

दुर्घटना बिहान साढे ५ बजे खराब मौसम अवस्थाका कारण भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

यो भारतीय आकाशमा एक सातामै घटेको दोस्रो दुर्घटना हो । बिहिबारमात्र अमहदाबादमा एयर इन्डियाको जहाज दुर्घटनामा पर्दा २६१ जनाको मृत्यु भएको थियो ।