
काठमाडौं । इजरायलले इरानमा आक्रमण गरेपछि र त्यसको प्रत्युत्तरस्वरूप इरानको प्रतिक्रिया आएपछि शुक्रबार विश्वभरका वित्तीय बजारमा एक किसिमको हलचल देखियो ।
यसको प्रत्यक्ष असरका रूपमा तेलको मूल्य तीव्र रूपमा वृद्धि भयो । शुक्रबार दिउँसोसम्म ब्रेन्ट क्रुडको मूल्य झण्डै ७% ले बढेको थियो ।
यो वृद्धि ऊर्जासम्बन्धी सामानहरूको मूल्य पुनः एकपटक तीव्र रूपमा बढ्न सक्ने चिन्ताको संकेत हो । जसको असर पेट्रोल, खाद्यान्नदेखि लिएर बिदाको खर्चसम्म पर्न सक्छ ।
ठीक यही अवस्था तीन वर्षअघि देखिएको थियो, जब रुसले युक्रेनमा आक्रमण गरेको थियो । त्यस घटनाले विश्वभरका आम मानिसको जीवनमा व्यापक असर पारेको थियो ।
तेलको मूल्य कति बढेको छ ?
इजरायल–इरानबीचको सैन्य तनावको समाचार बाहिर आएलगत्तै बजारमा तत्काल प्रभाव देखियो ।
अन्तर्राष्ट्रिय मापदण्डको रूपमा प्रयोग हुने ब्रेन्ट क्रुड को मूल्य एकैचोटि १०% भन्दा बढीले बढ्यो र त्यसपछि केही घटेर झण्डै ७५ डलर प्रति ब्यारेल मा स्थिर भयो ।
तेलको मूल्य यस्ता भू–राजनीतिक घटनाहरू तथा विश्व अर्थतन्त्रको स्थितिको आधारमा निरन्तर घटबढ भइरहन्छ, त्यसैले यस्तो प्रतिक्रिया असामान्य मानिँदैन ।
यद्यपि अहिलेको मूल्य गत वर्षको तुलनामा अझै १०% ले कम छ ।
यो मूल्य २०२२ मा देखिएको उच्चतम बिन्दुमा पुगेको थियो । जब रुसले युक्रेनमा आक्रमण गरेपछि मूल्य लगभग १३० डलरसम्म पुगेको थियो ।
पेट्रोल र अन्य वस्तुहरूको मूल्य पनि बढ्ने त ?
जब कच्चा तेलको मूल्य बढ्छ, त्यसको सबैभन्दा पहिले प्रभाव पेट्रोलको मूल्य मा देखिन्छ ।
तर यसको प्रभाव अझ व्यापक हुन्छ । कृषि, उद्योग, यातायात, ढुवानी, प्रशोधन तथा प्याकेजिङजस्ता क्षेत्रहरूमा ऊर्जा खर्च बढ्ने भएकाले खाद्यान्नदेखि लिएर उपभोग्य सामग्रीहरू सम्मको मूल्यमा वृद्धि हुन सक्छ ।
तर यस्तो अवस्था दीर्घकालीन रूपमा ऊर्जा मूल्य उच्च रहेको अवस्थामा मात्रै हुन्छ । क्यापिटल इकोनोमिक्सका डेविड अक्सली भन्छन्, ‘तेलको मूल्यमा १० डलरको वृद्धि हुँदा पेट्रोलको मूल्यमा झण्डै ७ पेन्सको वृद्धि हुने सम्भावना हुन्छ ।’
युक्रेन संघर्ष शुरू भएपछि ग्यासको मूल्य तीव्र रूपमा बढेको थियो । जसको प्रभाव ऊर्जा मूल्यमा व्यापक रूपमा परेको थियो । बेलायतजस्ता देशमा विद्युतको मूल्य पनि ग्यासको मूल्यसँग सम्बन्धित हुन्छ ।
ग्यासको मूल्यमा पनि बिहीबार रातिको आक्रमणपछि केही वृद्धि भएको छ । तर बजार संरचना र मूल्य नियन्त्रण निकायको भूमिकाले गर्दा यसको असर उपभोक्तामा ढिलो गरी मात्र देखिने सम्भावना छ ।
के तेलको मूल्य अझ बढ्न सक्छ ?
इनर्जी एस्पेट्स नामक अनुसन्धान संस्था तथा परामर्शदाता कम्पनीका भूराजनीतिक विभाग प्रमुख रिचर्ड ब्रोंज भन्छन्, ‘हालको अवस्था निकै संवेदनशील र चिन्ताजनक छ ।’
यसले युक्रेन युद्धजस्तै असर पार्ने निश्चित छैन । सबैभन्दा महत्वपूर्ण बिषय के हो भने यो तनावले हर्मेज जलडमरू मध्यमा पानीजहाजको आवागमनलाई असर पु¥याउँछ । यो जलमार्गबाट विश्वको झण्डै २०% तेल विश्व बजारमा पठाइन्छ ।
रिचर्ड ब्रोंज भन्छन्, ‘यो साँघुरो मार्ग भएकाले विश्व तेल आपूर्ति प्रणालीको एक कमजोर कडी हो ।’
अहिले विश्व अर्थतन्त्र कमजोर अवस्थामा छ । र साउदी अरेबियादेखि ब्राजिलसम्मका उत्पादकहरूले आपूर्ति बढाउने क्षमता राखेका छन् । जसले मूल्यलाई नियन्त्रणमा राख्न सक्छ ।
विश्व अर्थतन्त्रमा यसको असर कस्तो पर्ने ?
इजरायल–इरानबीचको तनाव कसरी अगाडि बढ्छ भन्ने कुराले मूल्यवृद्धिको स्तर र प्रभाव निर्धारण गर्नेछ ।
क्यापिटल इकोनोमिक्सका विश्लेषण अनुसार, यदि तेलको मूल्य पुनः ४१०० ब्यारेलमाथि पुग्यो भने विकसित देशहरूको मुद्रास्फीति दरमा १% को वृद्धि हुनसक्छ । जसले ब्याजदर घटाउने योजना बनाइरहेका केन्द्रीय बैंकहरूलाई कठिनाइमा पार्न सक्छ ।
डेविड अक्सली भन्छन्, ‘मध्यपूर्वको अस्थिरता कुनै नयाँ कुरा होइन । हप्तादिनमा यो सबै सामान्य हुनसक्छ ।’ अहिलेको मूल्य एक वर्षअगाडिको तुलनामा अझै १०% ले कम छ । युक्रेन युद्धताकाको ४१००+ को तुलनामा अझ धेरै तल छ ।
यो घटनाले शेयर बजारमा पनि असर गरेको छ । एशिया र युरोपका सूचकहरू गिरावटमा बन्द भएका छन् ।
उनका अनुसार यदि यो युद्धले मध्यपूर्वीय तेल आपूर्तिमा व्यवधान ल्यायो भने यो ठूलो युद्धमा परिणत हुनसक्छ।विश्लेषकहरूका अनुसार इरानको तेल उत्पादन र निर्यात पूर्वाधार लक्ष्य बनाइएमा ब्रेन्ट क्रुड ४८०–४१०० को बीचमा पुग्न सक्छ ।
तर त्यस्तो अवस्था आएमा अन्य तेल उत्पादकहरूले आपूर्ति बढाउने सम्भावना पनि रहनेछ । जसले मूल्य वृद्धिमा रोक लगाउन सहयोग गर्न सक्छ ।
बेलायती मोटर संस्थाका प्रवक्ता रड डेनिस भन्छन्, ‘तेलको मूल्य वृद्धि पेट्रोल मूल्यमा कस्तो असर पार्ने हो भन्न अझै चाँडो हुन सक्छ ।’ मध्यमा आपूर्ति अवरुद्ध भएमा, इरानले दैनिक करोडौं ब्यारेल तेल आपूर्ति रोक्न सक्छ । जुन चरम अवस्था मानिन्छ ।
यो जलमार्ग संसारकै सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । विश्वको ५ मा १ भाग तेल यही बाटो भएर जान्छ । हर समय यो बाटोबाट दर्जनौं तेल ट्यांकर भएको जहाजहरू आउजाउ गरिरहेका हुन्छन् ।
एजेन्सी
प्रतिक्रिया