
काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बिहिबारको तुलनामा शनिबार गोलभेडाको मूल्य घटेको छ ।
गत मंगलबारदेखि गोलभेडाको मूल्यमा अस्वाभाविक रुपमा मूल्य बढ्दै गएर बिहिबार प्रतिकिलो १०४ रुपैयाँसम्म मूल्य पुगेको थियो । शनिबार भने ठूलो गोलभेडाको मूल्यमा प्रतिकिलो ४०.८ रुपैयाँ घटेको छ ।
शनिबार यो गोलभेडा प्रतिकिलो ६३.२० रुपैयाँमा कारोबार गरेको छ । यस्तै बिहिबार ६८.८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको सानो गोलभेडा लोकलको मूल्यमा शनिबार २०.८० रुपैयाँले घटेको छ । शनिबार यो गोलभेडा ४८ रुपैयाँमा बिक्री भएको छ । यस्तै ७७.६० रुपैयाँमा बिक्री भएको टनेल सानो गोलभेडामा शनिबार २३.६० रुपैयाँ घटेको छ । शनिबार टनेल सानो गोलभेडा प्रतिकिलो ५४.२० रुपैयाँमा बिक्री भएको छ ।
यसै गरी शनिबार रातो आलु ३८.५०, रातो आलु मुढे ३७, प्याज ४१, गाजर लोकल ६६, गाजर तराई ४६.६०, बन्दा लोकल ३३, स्थानीय काउली ५०, सेतो मुला लोकल ३१, लाम्चो भान्टा १५, डल्लो भान्टा ३०, तने बोडी २१, मटरकोशा १५०, घिउ सिमी लोकल ३०.५०, घिउ सिमी हाइब्रीड ३०.५०, घिउ सिमी राजमा १०३.७५, टाटे सिमी ९५, तिते करेला ३२ र लौंका २४ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै परवर लोकल ३०, परवर तराई ३२.४०, घिरौला २८.४०, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो ३५, हरियो फर्सी डल्लो २९.६०, भिण्डी १८, पिडालु ९५, स्कुस ६०, रायो साग ४५, पालुङ्गो साग ४७.५०, तोरीको साग ३३.३३, प्याज हरियो १००, कन्ये च्याउ १६४, डल्ले च्याउ २६४, राजा च्याउ २९५, सिताके च्याउ ८३७.५०, कुरिलो २७५ र न्युरो २९ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
पछिल्लो २ वर्षको अवधीमा राजा च्याउको मूल्यमा पहिलो पटक प्रतिकिलोमा ५ रुपैयाँ बृद्धि भएको हो ।
यसैगरी ब्रोकाउली ५१, बन्दा रातो ७२, जिरीको साग ९७.५०, सेलरी ११६, सौंफको साग ९०, तामा ११०, तोफु १२६.६७, गुन्द्रुक ३२०, लोकल काक्रो ३८, रुख कटहर ५३, अदुवा ९८.३३, हरियो खुर्सानी ४७, भेडे खुर्सानी ७७ र नेपाली लसुन १६० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
प्रतिक्रिया