मौद्रिक सुशासनको प्रकाशन सकारात्मकः प्राधिकरण अध्यक्ष ओझा

77
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले चाणक्य मिडियाले पहिलोपटक प्रकाशन गरेको मौद्रिक सुशासनको प्रकाशन निकै सकारात्मक भएको बताएका छन् ।

मंगलबार क्लिकमान्डु डटकमले आयोजना गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’को कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् । क्लिकमान्डुले सुरु गरेको यस्तो प्रकासशनको निरन्तरता हुनुपर्ने तर्क पनि ओझाले गरे ।

अहिले फरक भूमिकामा भएपनि यो भन्दा अगाडिका दिनमा पत्रकारिता क्षेत्रमा नै रहेको उल्लेख गर्दै उनले आर्थिक गतिविधिमा यसको भूमिका महत्वपूर्ण भएको बताए ।