अर्थमन्त्रीले गरे क्लिकमान्डु विशेष प्रकाशनको लञ्च र मोनिटरी पोलिसी डिस्कसन कार्यक्रमको उद्घाटन

42
Shares

काठमाडौं । क्लिकमान्डु डटकमले आयोजना गरेको प्रि मोनिटरी पोलिसी डिस्कसन र विशेष प्रकाशन ‘लञ्च’को कार्यक्रम उद्घाटन भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

त्यसअघि क्लिकमान्डुका अध्यक्ष पुष्प दुलालले कार्यक्रममा उपस्थितलाई स्वागत गरेका थिए ।

कार्यक्रममा विशेष प्रकाश ‘मौद्रिक सुशासन’समेत सार्वजनिक भएको छ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलका साथ राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल लगायत उद्योगी, व्यवसायी, बैंकर लगायतको उपस्थिति छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत हुने छ।

क्लिकमान्डुले विशेष प्रकाशनमार्फत देशको मौद्रिक प्रणाली, केन्द्रीय बैंक, मौद्रिकवित्त नीति अन्तरसम्बन्धमाथि गम्भीर र तथ्यपरक विश्लेषण गरेको छ ।