क्लिकमान्डु विशेष प्रकाशन सार्वजनिक हुँदै, ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ हुने

147
Shares

काठमाडौं । क्लिकमान्डु डटकमले आज ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’ गर्ने भएको छ ।

होटल र्‍याडिसनमा आयोजना हुन लागेको कार्यक्रमलाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहको छ ।

मंगलबार(आज) विहान ८ बजेबाट सुरु हुने कार्यक्रममा क्लिकमान्डुको विशेष प्रकाश ‘मौद्रिक सुशासन’ सार्वजनिक हुने र मौद्रिक नीतिबारेको पूर्वसमीक्षा हुनेछ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलका साथ राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल लगायत उद्योगी, व्यवसायी, बैंकर लगायतको उपस्थिति हुने छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत हुने छ।

क्लिकमान्डुले विशेष प्रकाशनमार्फत देशको मौद्रिक प्रणाली, केन्द्रीय बैंक, मौद्रिक-वित्त नीति अन्तरसम्बन्धमाथि गम्भीर र तथ्यपरक विश्लेषण गरेको छ ।