३७ जना नेपाली अमेरिकाबाट डिपोर्ट, बोरा बोकेर आइपुगे विमानस्थल

2.4k
Shares

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु काठमाडौं आइपुगेका छन् ।

आइतवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनीहरु नेपाल आइपुगेका हुन् । अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीलाई गतराति काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो । अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् । नेपाल डिपोर्ट भएकाहरु बोरा बोकेर आएका छन् ।

डिपोर्ट हुनेहरूमा दलाललाई ५० लाखदेखि करिब १ करोड हाराहारी रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको स्रोतको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ ।