निर्यातमा निर्भर नरहेका ठूला अर्थतन्त्रमध्ये अमेरिका पहिलो

14
Shares

एजेन्सी । कुल गार्हस्थ्य उत्पादनमा निर्यातको विशाल हिस्सा नरहेका अर्थतन्त्रको सूचीमा अमेरिका पहिलो स्थानमा रहेको छ।

भिजुअल क्यापिटलिस्ट वेबसाइटमा प्रकाशित आँकडाअनुसार, सन् २०२४ मा अमेरिकी अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा विदेशी वस्तु र सेवाको हिस्सा जम्मा १०.९ प्रतिशत छ । अमेरिकी बजारमै उपभोग बढी मात्रामा हुने भएकाले त्यहाँको निर्यात आँकडा कम भएको हो ।

त्यसपछि अर्जेन्टिना (१५.३ प्रतिशत) र ब्राजिल (१७.९ प्रतिशत) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

चौथो स्थानमा भारत (२१ प्रतिशत) र पाँचौं स्थानमा चीन (२१.१ प्रतिशत) रहेको छ । इन्डोनेसिया (२२.२ प्रतिशत), अस्ट्रेलिया (२३.७ प्रतिशत) र जापान (२२.८ प्रतिशत) क्रमशः सातौंदेखि नवौं स्थानमा छन् ।

यसको विपरीत जर्मनी, दक्षिण कोरिया, पोल्यान्ड, स्विटजरल्यान्ड लगायतका मुलुकको अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनमा निर्यातको हिस्सा औसतभन्दा माथि रहेको छ ।

आयरल्यान्डको कुल गार्हस्थ्य उत्पादनमा वस्तु र सेवाको निर्यातले १४७.६ प्रतिशत ओगटेको छ, जुन आफैंमा ठूला अर्थतन्त्रहरूमध्ये कीर्तिमान हो ।

कतिपय अर्थतन्त्रहरू आर्थिक वृद्धिका लागि विश्व बजारमा अति नै बढी निर्भर छन् भने अमेरिका जस्ता अर्थतन्त्रहरू देशभित्रकै उपभोगमा निर्भर छन् ।