बीएमडब्लूको नयाँ विद्युतीय एसयूभी ‘आइएक्स टू’ सार्वजनिक हुँदै

140
Shares

काठमाडौं । नेपाली बजारमा बीएमडब्लूको नयाँ विद्युतीय एसयूभी ‘आइएक्स टू’ सार्वजनिक हुने भएको छ ।

बीएमडब्लूको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले आफ्नो ‘आइएक्स टू’ गाडी सार्वजनिक गर्न लागेको हो ।

यसअघि ‘आइएक्स वान’ र ‘आइएक्स थ्री’ उपलब्ध गराइसकेको कम्पनीले अब भने ‘आइएक्स टु’ सार्वजनिक गर्न लागेको हो ।

कम्पनीले आउने सोमबार काठमाडौंको तीनकुने स्थिति आफ्नो बीएमडब्लू शोरुममा गाडी लन्च गर्ने तयारी रहेको जानकारी दिएको छ ।