क्लिकमान्डुकर्मी बर्मा दशकका उत्कृष्ट कृषि पत्रकारबाट सम्मानित

357
Shares

काठमाडौं । क्लिकमान्डुकर्मी राजेश बर्मा दशकका उत्कृष्ट कृषि पत्रकारबाट सम्मानित भएका छन् । बर्मालाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशकका उत्कृष्ट कृषि पत्रकारको सम्मानपत्र प्रदान गरेका छन् ।

निजी डेरी उद्योगहरुको छाता संगठन डेरी उद्योग संघले बर्मालाई सम्मान गरेको हो । संघले मंगलबार दुग्धजन्य क्षेत्रको संरक्षण तथा प्रवद्र्धनमा खोज पत्रकारिताको माध्यमबाट अनवरत रुपमा योगदान पुर्याए वापत बर्मालाई सम्मान गरेको हो ।

उक्त कार्यक्रममा टक्सार म्यागेजिनका किरण आचार्य, गोरखापत्र दैनिकका सुरेश यादव, न्युज २४ का नवराज चालिसे र कान्तिपुर दैनिकबाट राजु चौधरी सम्मानित भएका छन् ।

कार्यक्रममा कृषि मन्त्रीले किसानको भुक्तानीमा गैरजिम्मेवार नहुन आग्रह गरे । उद्योगीले आफ्नो मात्रै भलाई नहेर्न र कृषिको हितमा काम गर्न पनि आग्रह गरे ।