
काठमाडौं । नेपालका लागि जिकर गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले जिकर एक्सको मूल्य परिमार्जित गरेको छ । कम्पनीले कम्प्याक्ट लग्जरी एसयुभी ‘जिकर एक्स’को मूल्य परिमार्जित गरेको हो ।
कम्पनीले जिकर एक्सको मूल्य १० लाख रुपैयाँ घटाएको हो । पायोनियर मोटोकर्पले ८४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको जिकर एक्सको नयाँ मूल्य ७४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले जिकर एक्सको मूल्य १० लाख रुपैयाँ कम गरेको छ ।
कम्पनीले ‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्ने जनाएको छ । साथै, एक्सचेन्ज बोनस, अटो प्लस बिमा, सडक करमा १ आर्थिक वर्षको छुट र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाको समेत लाभ लिन सक्ने छन् ।
जिकर एक्समा ६६ किलोवाटको ब्याट्री दिइएको छ । यसमा २०० किलोवाटको मोटर जडान गरिएको छ । जसले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्छ । यसको डब्लुएलटिपी रेन्ज ४४० किलोमिटर रहेको छ ।
जिकर एक्समा जिकर ००१ र जिकर सेभेन एक्स जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ । यसको संरचना ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ । जसले गाडीलाई मजबुत बनाउने मात्र होइन। सुरक्षामा कुनै सम्झौता नगरी तौल पनि कम गर्छ ।
जिकर एक्स २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो । जसले प्रतिष्ठित ५ स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ । साथै, ग्रिन एनक्यापबाट ५ स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीमा पनि अग्रता लिएको छ ।
गिली होल्डिङ ग्रुपअन्तर्गत बनाइएको जिकर एक्स, लक्जरी, स्मार्ट अर्बान मोबिलिटी र सहज पहुँचको सन्तुलनसहित जिकर एक्स, सहरी इलेक्ट्रिक एसयुभीको नयाँ मापदण्ड बनाउने दिशामा अघि बढेको छ ।








प्रतिक्रिया