कालिमाटी तरकारी थोक बजार : लोकल काक्रो ४० रुपैयाँ, अन्यको मूल्य कति ?

119
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा मंगलबार ठूलो गोलभेडा ६५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

त्यसैगरी सानो गोलभेडा लोकल ३५, सानो गोलभेडा टनेल ४५, रातो आलु ३६.६७, रातो आलु मुढे ३८, प्याज ३९, गाजर लोकल ३०, बन्दा लोकल ११.३३, स्थानीय काउली ३५, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा १४.३३, डल्लो भान्टा २२.६७, तने बोडी ४५, मटरकोशा १४०, घिउ सिमी लोकल ३०, घिउ सिमी हाइब्रीड २५, घिउ सिमी राजमा ११०, तिते करेला ४५ र लौंका २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै परवर तराई ४५, घिरौला २०, पाकेको फर्सी ४०, हरियो फर्सी लाम्चो २५, हरियो फर्सी डल्लो २०, भिण्डी २२.६७, पिडालु ११०, रायो साग २५, पालुङ्गो साग ३०, चमसुर साग ६५, तोरीको साग २५, मेथीको साग ९०, प्याज हरियो ४५, कन्ये च्याउ १५०, डल्ले च्याउ २५३.३३, राजा च्याउ २९०, सिताके च्याउ ८५०, कुरिलो २८३.३३ र न्युरो २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी ब्रोकाउली ४५, सजिवन(मुन्गा) १०५, जिरीको साग ७५, सेलरी १२०, पार्सले ३५०, सौंफको साग ९०, तामा ९५, तोफु १२६.६७, गुन्द्रुक ३२६.६७, लोकल काक्रो ४०, रुख कटहर ६०, अदुवा ११०, हरियो खुर्सानी ४५, अकबरे खुर्सानी २८०, भेडे खुर्सानी ७५ र नेपाली लसुन १६३.३३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।