
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले सोमबार ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २० दिनको लागि ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
चालु आर्थिक वर्षको सुरुवातबाट नै केन्द्रीय बैंकले लगातार तरलता खिचिरहेके छ । तत्काल अधिक तरलताको दवाब कम नहुने देखेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट बैंकहरुले अनिवार्य नगद मौज्दात (सीआरआर) दैनिक रुपमा ९० प्रतिशत कायम गरी राष्ट्र बैंकका राख्नुपर्ने व्यवस्था गरेको छ । त्यसअघि सीआरआर दैनिक रुपमा ७० प्रतिशत कायम गरी राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था थियो ।
अधिक तरलताको चाप निरन्तर बढी हुँदा केन्द्रीय बैंकले चालु आर्थिक वर्षका मात्रै २०४ खर्ब १८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरीरहेको छ ।
निक्षेप संकलन बोलकबोल र स्थायि निक्षेप सुविधा मार्फत केन्द्रिय बैंकले तरलता प्रशोचन गरीरहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले भारित औसत अन्तरबैंक ब्याजदर नीतिगत दरको नजिक राख्ने घोषणा गरेको थियो । तर, अधिक तरलताको चापले निरन्तर तरलता प्रशोचन भएपनि अन्तरबैंक ब्याजदर निक्षेप संकलन दरको वरीपरि मात्रै कायम राख्न सकेको छ ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायि निक्षेप सुविधा उपलदब्ध गराउँदै आएको छ । यता निक्षेप संकलन उपकरणको ब्याजदर भने बोलकबोलबाट तय हुनेछ ।
सीआरआरको ९० प्रतिशत दैनिक तरलता कायम गरी राष्ट्र बैंकामा राख्नुपर्ने व्यवस्थाले केन्द्रीय बैंकले खिचेको तरलता केही कम भएको छ । तर, बैंकहरुमा कर्जाको माग न्यून र निक्षेप बढीरहँदा तरलताको चाप बढीरहेको छ ।








प्रतिक्रिया