बजेट अटोमैत्री आएको नाडाको प्रतिक्रिया, मौद्रिक नीति यसैअनुरुप आउने अपेक्षा

84
Shares

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बजेट अटोमोवाइल मैत्री आएको प्रतिक्रिया दिएको छ ।

बिहीबार प्रस्तुत आर्थिक बर्ष २०८२/०८३ को बजेट अटो क्षेत्रमैत्री आएको नाडाले जनाएको हो ।

‘खासगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौं देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन,’ नाडाले भनेको छ , ‘यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ ।’

नाडाले गहिरो आशा राख्दै अब आउदो मौद्रिक नीतिसमेत यसै अनुरुप आउने अपेक्षा गरेको छ ।

Skip This