
काठमाडौं । सरकारले बहुमूल्य पत्थर नीलम (स्याफयर)मा मूल्य अभिवृद्धि कर लगाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आजैदेखि लागु हुने गरी यो बहुमूल्य पत्थरमा भ्याट लगाएका हुन् ।
आर्थिक विधेयकको दफा ३५ को उपदफा ९(ट) मा एचएस कोड ७१०३९१०० भ्याट छुट पाउने सूचीबाट हटाइएको उल्लेख छ । यो कोडमा नीलमसहित रुबी र पन्ना पनि पर्छ ।
चालु आर्थिक वर्षको १० महिनामा २५ हजार ४ सय २७ क्यारोट यस्ता पत्थर आयात भएका छन् । १० महिनामा ११ करोड २ लाखको यस्तो पत्थर आयात भएको हो । जसमध्ये भारतबाट १० करोड ३५ लाख र बाँकी थाइल्यान्डबाट आयात भएको हो ।
यसैगरी गत वर्षभर २ करोड ४२ लाख रुपैयाँ मूल्य बराबरको २१ हजार ११२ क्यारोट यी पत्थर आयात भएका थिए ।







प्रतिक्रिया