हिरामा विष्णु पौडेलको नजरः लगाए भ्याट, हटाए विलासी कर

1.2k
Shares

काठमाडौं । हिरामा अर्थमन्त्री विष्णु पौडेलले बोल्ड डिसिजन गरेका छन् । पौडेलले हिरामा विलासी कर हटाएर मूल्य अभिवृद्धि कर लगाएका छन् ।

विलासी कर २ प्रतिशत लाग्छ भने भ्याट १३ प्रतिशत लाग्छ । आजदेखि परिस्कृत र अपरिस्कृत सबै हिरामा भ्याट लागेको छ । यसअघि मोति र जडेको हिरामा मात्र भ्याट लाग्ने गरेकामा अबदेखि परिस्कार गरिएको वा नगरिएको तर नजडेको वा सेटमा नराखेको हिरामा पनि भ्याट लाग्नेछ ।

यसैगरी रुबी र पन्नामा पनि भ्याट लागेको छ ।