विद्युतीय चुरोड र भेपको भन्सार बढ्यो

0
Shares

काठमाडौं । सरकारले सार्क बाहेकका मुलुकबाट आयात हुने विद्युतीय चुरोटहरु र विद्युतिय चुरोटजस्तै विद्युतीय भेपको भन्सार महसुल बढाएको हो । यस्तै भेप र विद्युतीय चुरोटको पाटपूर्जाको पनि भन्सार महसुल बढाएको छ ।

सार्क बाहेकका मुलुकबाट आयात हुने भेप र विद्युतीय चुरोटको भन्सार ५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याएको हो । त्यस्तै यसका पाटपुर्जाको भन्सार ५ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएको छ ।