
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट घोषणा गरेका छन् । बिहीबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमार्फत अर्थमन्त्री पौडेलले बजेट सार्वजनिक गरेका हुन् ।
विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च हुनेछ ।
यो खर्चमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वमार्फत्, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करो र वैदेशिक ऋणमार्फत् २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुट्नेछ । बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट बजेट घाटा पूर्ति गरिने अर्थमन्त्री पौडेलले बताए ।
लोकप्रिय नाराहरु समावेशन नगरी ल्याइएको बजेटका मुख्य हाइलाइट यस्ता छन् ।
यस्ता छन् बजेटमा मुख्य विशेषता
५ लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपूर्जा दिने
५ लाखसम्मको सहकारीको बचत सुरक्षण गर्ने
स्टार्टअपलाई ३ प्रतिशतमा ऋण र कर छुट
नेपालीलाई विदेशमा लगानी गर्न दिइने
विदेशी कम्पनीको स्वेट सेयरको लिन पाउने
होटल उद्योगलाई उत्पादनमूलक उद्योग सरहको सुविधा
निजी क्षेत्रसँग सहकार्यमा डाटा सेन्टर बनाइने
दलितलाई डाक्टर पढाउन २ अर्ब छात्रवृत्ति
विद्यार्थीले पढ्दै कमाउन सक्ने
युवालाई २० लाखसम्म सहुलियत कर्जा
महिलाको नाममा उद्योग दर्ता निःशुल्क
नेपाल टेलिकमको ३० प्रतिशत सेयर जनतालाई बाँड्ने
कर्मचारीको महँगी भत्ता बढ्यो
वृद्धभत्ता पाउने उमेर बढ्यो
दुग्धजन्य र गेडागुडीमा अग्रिम आयकर खारेज
रक्सी, चुरोट महँगियो
विद्युतीय सवारीमा कर बढेन








प्रतिक्रिया