सरकारले बढाएन विद्युतीय गाडीमा कर

385
Shares


काठमाडौं । सरकारले विद्युतीय गाडीको सबै प्रकारको कर यथावत राखेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सबै विद्युतीय गाडीमा लगाइएको सबै प्रकारका कर तथा महसुल यथावत राखेको बताए ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरी वातावरण प्रदुषण न्यूनीकरण गर्न र विद्युतको आन्तरीक खपत बढाउन विद्युतीय गाडीको कर यथावत राखेको उनले बताए । सरकारले बजेटमा कर बढाउन सक्ने भन्दै विद्युतीय गाडी आयात गर्ने व्यवसायीले वैशाख र जेठमा ठुलो संख्यामा विद्युतीय गाडी आयात गरेका थिए ।