पुँजी प्रवाह र कर्जाको पहुँचमा सहजता ल्याइने

133
Shares

काठमाडौं । सरकारले पुँजी प्रवाह र कर्जाको पहुँचमा सहजता ल्याउने घोषणा गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘वित्तीय क्षेत्रको नियामकहरुको क्षमता विस्तार गरिनेछ । पुँजी प्रवाह र कर्जाको पहुँच सहजता ल्याउन काम गरिनेछ,’ उनले भने, ‘वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनलाई सुदृढ बनाउँदै संस्थागत सुदृढिकरणमा योगदान पुर्‍याइनेछ ।’

उनले यसका लागि नयाँ नयाँ उपकरण प्रयोग गर्न आवश्यक नीति र कानुनी व्यवस्था गरिने बताए ।

Skip This