
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिने घोषणा गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिने घोषणा गरेका हुन् ।
‘सबै प्रकारका सवारीसाधनको नियमतिरुपमा फिटेनेस जाँच गर्ने व्यवस्था मिलाइनेछ । तेस्रो पक्ष बिमालाई समय सापेक्ष बनाइनेछ । विद्युतीय सवारीसाधनको प्रयोगलाई विश्वसनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिनेछ,’ पौडेलले भने, ‘निजी क्षेत्रलाई चार्जिङ स्टेसन तथा वर्कसप निर्माण गर्न आर्षित गरिनेछ ।’
उनले काठमाडौं उपत्यका लगायत ठूला सहरमा स्मार्ट सार्वजनिक यातायात गर्न निजी क्षेत्रको लागनी आकर्षण गरिने पनि बताए ।








प्रतिक्रिया