कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड बजेट छुट्याइयो

77
Shares

काठमाडौं । सरकारले कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड विनियोजन गरेको छ ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै कीर्तिपुर क्रिकेट रंगशाला स्तरोन्नति गर्न ४० करोड विनियोजन गरेको जानकारी दिएका हुन् ।

अर्थमन्त्री पौडेलले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट छुट्याएका छन् ।