
काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई सहुलियतपूर्ण कर्जा स्वरुप तीन प्रतिशत ब्याजदमा ऋण उपलब्ध गराउन ७३ करोड छुट्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘काम खोज्ने होइन, काम दिने युवाको संख्या वृद्धि गर्न नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशीलता प्रवद्र्धन गरिनेछ । जेनजी पुस्तालाई उद्यमशील बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा इन्कुभेसन सेन्टर सञ्चालन गरिने छ,’ पौडेलले भने, ‘स्टार्टअप उद्यमीलाई सहुलियतपूर्ण कर्जा स्वरुप तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड छुट्याइएको छु ।’
प्रतिक्रिया