
काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले यातायात व्यवसायसम्बन्धि ७ बुंदे माग राख्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।
समितिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासघ नेपाल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन र नेपाल यातायात मजदूर संघ आवद्ध छन् ।
समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रमा निजी क्षेत्रको १३ खर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका छन् । १५ लाखलाई प्रत्यक्ष रोजगारी दिएको यो क्षेत्र संघीय सरकार र प्रदेश सरकारको विभिन्न प्रकारका नीतिगत व्यवस्थाका कारण विस्थापित हुने अवस्थामा पुगेको दावी समितिले गरेको छ ।
सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रम अनुसार आज(मंगलबार) सबै सरोकारवाला मन्त्रालयहरुमा ज्ञापन पत्र बुझाउने, जेठ १४ गते सातै प्रदेशका मुख्यमन्त्रीलाई मागपत्र बुझाउने, १८ गते कालो झन्डासहित देशभर विरोध गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
यस्तै माग पुरा नगरेको अवस्थामा जेठ १९ गतेदेखि सवारी साधन घरग्यारेजमा थन्क्याएर देशभर अनिश्चितकालीन बन्दको घोषणा पनि समितिले गरेको छ ।










प्रतिक्रिया