आगामी शुक्रबार दोस्रो पोटाटो समिट

0
Shares

काठमाडौं । युनाइटेड नेशनको खाद्य तथा कृषि संगठनको आयोजनामा नेपालमा पोटाटो समिट(आलु शिखर सम्मेलन) को दोस्रो श्रृंखला आगामी शुक्रबार होटेल याक एण्ड यतिमा हुने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एनआईसीसीआई, ह्यान्ड इन ह्यान्ड, भारत सरकार, नबिल बैंक, एनएमबि बैंक, साल्ट ट्रेडिङ कर्पोरेशनलगायतका सहकार्यमा दोश्रो पोटाटो समिट नेपालमा हुन लागेको हो ।

यो समिटमा आलुको विषयमा अन्तर्राष्ट्रिय विकास र अभ्यासको बारेमा अन्तर्राष्ट्रिय बिज्ञहरुले विभिन्न प्रकारका कार्यपत्र प्रस्तुत गर्नेछन् । यस्तै नेपालमा आलुको विकास, जात, उत्पादन, बजारिकरण, आलुको परिकारलगायतको बिषयमा समेत छलफल हुने बताइएको छ ।