राष्ट्रपतिलाई बजेटबारे अर्थमन्त्री पौडेलको ब्रिफिङ

154
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका विषयमा ब्रिफिङ गरेका छन् ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बेजेटका बारेमा ब्रिफिङ गरेका हुन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ ।

सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।