सम्पत्ति शुद्धीकरणमा युनुस अन्सारी फेरि पक्राउ

567
Shares

काठमाडौं । नख्खु कारागारबाट रिहा भएका युनुस अन्सारीलाई सीआईबीले पुनः पक्राउ गरी सम्पत्ति शुद्धीकरणको आरोपमा पाँच दिनको म्याद थप गरेको छ।

नक्कली भारतीय रुपैयाँ कारोबारको अभियोगमा दोषी ठहर भई कारागार सजाय भोगिरहेका अन्सारी शनिबार साँझ जेलमुक्त भएका थिए। उनी रिहा भएलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो।

सीआईबीका एसएसपी होमिन्द्र बोगटीका अनुसार आज अदालतमा उपस्थित गराई अन्सारीमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।

२०७६ साल जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युनुस अन्सारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूबाट ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद भएको थियो।

सोही दिन, कतार हुँदै कराँचीबाट काठमाडौं आएका तीन पाकिस्तानी नागरिक — मोहम्मद अख्तर (राहदानी नं. एए १२४५४९४, उमेर ४९), नासिर उद्दिन (राहदानी नं. एआर २४०६४३२, उमेर ६७) र नादिया अनवर (राहदानी नं. सीएन १८१२०३२, उमेर ३९) — पक्राउ परेका थिए।

उनीहरूलाई लिन त्रिभुवन विमानस्थल पुगेका युनुस अन्सारीसँगै रौतहट बैरिया–१ निवासी सुबल खान र भक्तपुर बालकोटका रानाभाट समेत पक्राउ परेका थिए।

Skip This