
काठमाडौं । अविरल वर्षाका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको दुई राजमार्ग शनिबारदेखि अस्थायी रुपमा सुचारु भएको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । यस्तै शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीका कारण अवरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्ड पनि १२ घण्टापछि सञ्चालनमा आएको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड खुर्सानी खोला नजिकै सडक भाँसिएपछि उक्त सडक अवरुद्ध भएको थियो । सडक मर्मत सम्भार पश्चात् सडक खुलेको हो ।
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित बागमती पुल जोड्ने डाइभर्सन बाढीले बगाएको थियो । त्यहाँ अस्थायी रुपमा अहिले एकतर्फी रुपमा बाटो सुचारु गरिएको छ ।








प्रतिक्रिया