मोबाइल आयात चार अर्ब रुपैयाँले घट्यो, १० महिनामा भित्रियो २४ अर्बको

42
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख)सम्ममा २४ अर्ब रुपैयाँ भन्सार मूल्यका मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार वैशाखसम्ममा १५ लाख २८ हजार वटा मोबाइल आयात भएको छ । यो वर्ष मोबाइल आयात हुँदा २४ अर्ब रुपैयाँको मोबाइल आयात हुँदा सरकारले ४ अर्ब ४७ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ ।

विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा यो वर्षको १० महिनामा मोबाइल आयात ४ अर्ब ७५ करोड रुपैयाँले घटेको छ । गत वर्ष १७ लाख ८५ हजार वटा मोबाइल आयात हुँदा २८ अर्ब ७६ करोड रुपँया भन्सार मूल्यको माबोइल थियो । गत वर्षको यो अवधिमा मोबाइल आयात गरेर सरकारले ५ अर्ब ३६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो ।

भन्सार विभागको पछिल्ल्लो १० वर्षको तथ्यांक अनुसार वैशाखसम्ममा हालसम्ममा सबैभन्दा धेरै गत आर्थिक वर्ष २०८०/८१ म आयात भएको थियो । त्यसपछि ०७७/७८ मा २४ अर्ब ९ करोड रुपैयाँको मोबाइल आयात भएको छ ।

पछिल्लो १० वर्षमा सबैभन्दा कम मोवाइल आयात कोरोना काल (२०७८/७९) मा २० करोड रुपैयाँको थियो । त्यसअघि कोरोनोको वर्ष २०७६/७७ मा पनि मोवाइल आयात २ अर्ब ४० करोड रुपैयाँको थियो ।

पछिल्लो १० वर्षमा नेपालमा २ करोड ७४ लाख थान मोबाइल नेपाल भित्रिएको छ । यस्तो मोबाइल आयात १० वर्षमा ८१ अर्ब १८ करोड रुपैयाँ भन्सार मूल्यको आउँदा राज्यले पाएको कर भने १५ अर्ब १५ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय नेपालमा महंगा मोबाइल आयात बढेकोले पनि संख्यामा कम देखिएपनि बर्षेनी यसमा हुने खर्च भने बढ्दै गएको छ । मोवाइलको औषत खरिद मूल्य २० देखि ३० हजारसम्मको हुने गरेको सम्बन्धित मोबाइल व्यवासायीको भनाइ छ ।

नेपालमा सामान्य फिचरको बार फोनको प्रयोग घट्दै गएको र घरघरमा वाइफाइ हातहातमा मोबाइल भएका कारण स्मार्ट फोनको प्रयोग बढेको हो ।