
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित पक्राउ परेकालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीको आन्दोलन हिंसात्मक भएपछि पक्राउ परेका प्रसाईं र अन्यलाई अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार घटना सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ र प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।








प्रतिक्रिया