सुनको मूल्य तोलामा १७ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

231
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि सुनको मोल निरन्तर बढेको छ । आज तोलामा एक हजार ७०० रुपैयाँले वृद्धि भएको छ । चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।