पदबहालीका लागि राष्ट्र बैंक पुगे गभर्नर पौडेल


काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेल पदबहालीका लागि केन्द्रीय बैंक पुगेका छन् ।

बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेपछि पौडेल पदभार ग्रहणका लागि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेका हुन् । उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका छन् ।