
काठमाडौं । बुधबार(आज) एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ ।
मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।







प्रतिक्रिया