
काठमाडौं । सी लिंक्स ट्राभल एण्ड टुर्स प्रालिले एकै वर्ष ५ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ४ अर्ब ९० करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२३ मा ४ अर्ब ५८ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब १२ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २००७ मा स्थापना भएको कम्पनीले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकटको सुविधा दिँदै आएको छ । विश्वभर १५ सयभन्दा धेरै एजेन्ट रहेको कम्पनीको सन् २०२४ मा पर्यटक, कामदार र विद्यार्थीको प्रवाह बढ्दा कारोबार उच्च भएको जनाएको छ ।
त्यस्तै चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ लाख २२ हजार ५ सय १२ जनालाई टिकटको सेवा दिएको कम्पपनीले जनाएको छ । साथै, ९६ हजार २ सय ४४ वाट टिकट बुक भइसकेको कम्पनीको भनाइ छ ।
सन् २०२४ मा चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा टिकटको मूल्य बढेको जनाएको छ । सन् २०२४ मा ४० हजार रुपैयाँसम्म मूल्य बढेकोमा यो वर्ष ४५ हजार रुपैयाँसम्म मूल्य बढेको रेटिङमा उल्लेख गरेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७२ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि २३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७२ करोड रुपैयाँको रेटिङ गराएको छ ।
‘दि सी लिङ्क्स ट्राभल’ नेपालमा सन् २००७ देखि सेवा दिँदै आएको इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा मान्यता प्राप्त शीर्षस्थ ट्राभल म्यानेजमेन्ट कम्पनीहरू मध्ये एक हो ।







प्रतिक्रिया