
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ६ र ९ को आयोजनामा आइतवार (आज) देखि दोस्रो कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेल विसिसिए र एनविएससि बीच हुँदै छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि गतवर्ष वाईआरसिसिले जित्दा एनविएससि उपविजेतामा सीमित भएको थियो । गतवर्ष विजेताले ५ लाख र उपविजेताले २ लाख थापेका थिए ।
प्रतियोगितामा पूर्वका विभिन्न ७ वटा क्लवको सहभागिता रहको छ । सहभागी हरेक क्लवले मुलुकभरका क्रिकेट खेलाडीलाई न्यूनतम २५ हजाजदेखि एकलाख रुपैयाँ सम्ममा अनुबन्ध गरेका छन् । सातासम्म सञ्चालन हुने प्रतियोगितालाई नेपाल क्रिकेट संक (क्यान) ले स्वीकृती दिएको छ ।
यो प्रतियोगितामा क्रिकेट वर्ल्ड लिग २ (सिडब्लुसिएल २ ) खेल्न यूके पुगेको राष्ट्रिय क्रिकेट टिममा समेटिएका खेलाडी बाहेकका क्रिकेटरले विराटनगरको वरमपुरा खेल मैदानमा आफ्नो खेलकौशल पस्कने छन् ।
करिव ६५ लाख सञ्चालन खर्च हुने अनुमान गरिएको दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि आयोजकले वडा नं ६ को वरमपुरामा १५ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फ्लडलाइटको व्यवस्था गरेको छ ।

आयोजक वडा ६ का अध्यक्ष हरिशचन्द्र सहनीका अनुसार विजेता टिमले ७ लाख, उपविजेताले ३ लाख, तेस्रोले २ लाख र चौथो हुने टिमले ५० हजार पुरस्कार पाउने छन् । क्रिकेटलाई प्रमोट गर्ने उद्देश्यले गतवर्ष देखि नयाँ स्वरुपमा प्रतियोगिताको आयोजना गरिएको उनको भनाइ छ । यो प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने सहनीले बताए ।
प्रतियोगिता सञ्चालनका लागि करिब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमध्ये आयोजक महानगरका दुई वडा ६ र ९ ले केही रकम उपलब्ध गराउने र बाँकी सबै रकम प्रायोजक र सहयोगी संघ संस्थाबाट संकलन हुने अपेक्षा गरिएको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद कुरेसीले बताए ।
प्रतियोगिताको म्यान अफ द सिरिजलाई २५ हजार, हरेक म्याचको म्यान अफ द म्याचलाई तीन हजार र एक ओभरमा ६ छक्का हान्ने ब्याटरलाई पुरस्कार स्वरुप वासिङ मेशिनको र दर्शकदीर्घामा दर्शकले एक हातले क्याच समाए ५ हजार पुरस्कारको व्यवस्था गरिएको कुरेसीले जानकारी दिए ।







प्रतिक्रिया