
काठमाडौं । नेपालमा आज (शुक्रबार) सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रूपैयाँले बढेर एक लाख ८४ हजार ८ सय रूपैयाँ पुगेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रूपैयाँले घटेर एक लाख ८१ हजार ८ सय रूपैयाँमा झरेको थियो । त्यसअघि बुधबार सुनको मूल्य प्रतितोला एक लाख ८५ हजार तीन सय रूपैयाँ थियो ।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला २० रूपैयाँले बढेर एक हजार ९४५ रूपैयाँ कायम भएको छ ।
बिहीबार चाँदी प्रति तोला ३५ रूपैयाँले घटेर एक हजार ९२५ रूपैयाँमा कारोबार भएको थियो।







प्रतिक्रिया