आज एकै ३५ सयले घट्यो सुनको मूल्य, कति पुग्यो ?

518
Shares

काठमाडौं । आज(बिहीबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । बुधबार सुनको भाउ तोलाको १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा सुन चाँदीको भाउ घटेको हो ।