पाथीभरामा केबलकार बनाउन सर्वोच्चले खोल्यो बाटो

3.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले पाथीभरामा केबलकार निर्माण कार्य अघि बढाउन दिने आदेश दिएको छ । सर्वोच्चले केबलकार निर्माण कार्य यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला गरेको हो ।

गत चैत ७ गते दायर रिटमा सर्वोच्चले १३ गते हालसम्म भए गरेका काम कारवाहीलाई तत्कालको लागि यथास्थितिमा राख्न आदेश दिएको थियो । बुधबार सुनुवाईका लागि बोलाइएकामा न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै पाथीभरामा केबलकार निर्माण कार्य जारी राख्न बाटो खुलेको हो । सुवेदीको इजलासले चैत २६ मा दुवै पक्षलाई छलफलका लागि बोलाएकामा सुनुवाइ निरन्तर सर्दै आएको थियो ।

यामबहादुर लिम्बूसमेतले पाथीभरा देवी दर्शन केबलकार, फुङलिङ नगरपालिका, नेपाल सरकार आदिलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो आदेश सँगै अब केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । आइएमई ग्रुपको लगानीमा पाथिभरामा केवलकार निर्माणको काम अघि छ ।