पाकिस्तानले भारतीय विमान खसालेको अमेरिकी मूल्यांकन

6.1k
Shares

एजेन्सी । पाकिस्तानले भारतीय लडाकु विमान खसालेको मूल्यांकन गरिएको अमेरिकी अधिकारीले गरेका छन् । एक वरिष्ठ अमेरिकी अधिकारीले भारतीय वायुसेनाले पाकिस्तानको भूभागमा हवाई आक्रमण गर्दा विमान खसालिएको मूल्यांकन गरिएको उल्लेख गरेको सीएनएनले जनाएको छ ।

अमेरिकाले पाकिस्तानी सेनाले कुन हतियार प्रणाली प्रयोग गरेर भारतीय विमानलाई खसालेको पुष्टि भने गर्न सकेको छैन । यससँगै, पाकिस्तानले हिजो भारतका पाँच वायुसेना विमानहरूलाई प्रतिकारका रूपमा खसालेको दाबी गरेक थियो । जसमा तीनवटा राफाल विमान पनि समावेश छन्। भारतीय अधिकारीहरूले यस दाबीमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

साथै, एक उच्चपदस्थ फ्रान्सेली गुप्तचर अधिकारीले पाकिस्तानले भारतीय वायुसेनाको एउटा राफाल विमान खसालेको जनाएको सीएनएले जनाएको । यदि यो पुष्टि भयो भने, राफाल युद्धविमानको लडाइँमा हराएको घटना हुनेछ । फ्रान्सेली अधिकारीहरूले पाकिस्तानले एकभन्दा बढी राफाल विमान पनि खसालेका थिए कि थिएनन् भनेर अनुसन्धान गरिरहेका छन् ।