
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेस गरेको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसमक्ष नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले आ.व. २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेस गरेकी हुन् ।
तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । अर्थमन्त्री पौडेलले राष्ट्र बैंकको प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताएको उनको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया