मोदीका प्रमुख सहयोगी शाहले भने: भारतको सैन्य बलमा गर्व

987
Shares

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सहयोगी तथा गृहमन्त्री अमित शाहले पाकिस्तान र पाकिस्तान-प्रशासित काश्मीरमा भारतले गरेको सैन्य कारबाहीपछि ‘सशस्त्र बलमा गर्व’ व्यक्त गरेका छन् ।

‘एक्स (ट्विटर) मा लेख्दै शाहले अपरेसिन्दुर भारतले पहलगाममा हाम्रा निर्दोष भाइहरूको नृशंस हत्याको जवाफ हो’ उनले भनेका छन् ।

दशकौंदेखि मोदीको नजिकै रहेका शाहलाई भारतको दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ ।

बुधबारको सैन्य कारबाही भारत-नियन्त्रित काश्मीरमा आतंकवादीले २६ नागरिकहरूको हत्या गरेको दुई हप्तापछि भएको हो । नयाँदिल्लीले यसको दोष पाकिस्तानमा लगाएको छ, तर इस्लामाबादले संलग्नतालाई अस्वीकार गरेको छ।

शाहले आफ्नो पोष्टमा थपे, ‘मोदी सरकारले भारत र यहाँका जनतामाथि हुने कुनै पनि आक्रमणको उचित जवाफ दिने संकल्प गरेको छ । भारतले आतंकवादलाई जरासमेत पनि नष्ट गर्ने प्रतिबद्धता कायम राखेको छ।’