भारतको आक्रमणपछि कश्मीर र पाकिस्तानका दृश्यहरू

2.2k
Shares

एजेन्सी । भारतले बुधबार पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा सैन्य आक्रमण गर्दै तथाकथित ‘आतंकवादी पूर्वाधार’ लक्ष्य बनाएको जनाएको छ ।

यो आक्रमण भारत-प्रशासित कश्मीरमा पर्यटकहरूलाई लक्षित गरी गराइएको नरसंहारको दुई हप्तापछि भएको हो । जसको दोष नयाँ दिल्लीले छिमेकी पाकिस्तानलाई लगाएको छ । तर इस्लामाबादले उक्त आरोप अस्वीकार गरेको छ।

पाकिस्तानले भारतको आक्रमणबाट आठ जनाको मृत्यु भएको जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यस आक्रमणलाई ‘युद्धको कार्य’भनेका छन् ।

पाकिस्तानले उसले भारतीय वायु सेनाका पाँचवटा लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेको छ ।