
एजेन्सी । भारत-प्रशासित कश्मीरमा दुर्घटनाग्रस्त भएको विमानका केही भागहरूको तस्वीरमा फ्रान्सेली निर्माण कम्पनीको लेबल देखिएको सीएनएनले जनाएको छ ।
तस्वीरमा देखिएको छापमा फ्रान्सेली उपकरण निर्माण कम्पनीले बोजेक ए गौतिए लेखिएको छ । ले बोजेक फ्रान्समा आधारित कम्पनी हो, जुन अमेरिकाको मिनेसोटा राज्यस्थित डोनाल्डसन कम्पनीको सहायक कम्पनी हो।
सन् २००५ मा डोनाल्डसन कम्पनीले ले बोजेक अधिग्रहण गर्दा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको थियो कि यस फ्रान्सेली कम्पनीले ‘विमान र हेलिकप्टरमा प्रयोग हुने हावा, इन्धन, हाइड्रोलिक तरल पदार्थ तथा वायु दबाब व्यवस्थापनका लागि निस्सारण उपकरणको डिजाइन, निर्माण र बिक्री गर्छ।’
पाकिस्तानले भारतका अत्याधुनिक तीनवटा रफाल लडाकु विमान खसालेको दाबी गरेको छ । तर सीएनएनले तस्वीरमा देखिएको भाग रफाल विमानकै हो वा होइन भन्ने स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ। त्यस्तैगरी, पाकिस्तानले विमान खसालेको दाबी पनि पुष्टि भएको छैन।
रफाल लडाकु विमानहरू फ्रान्सको दासो एभिएसन कम्पनीले निर्माण गर्छ।
प्रतिक्रिया