कस्तो बजेट बनाउने भनेर सोध्न अर्थमन्त्री पौडेल पुगे देउवा निवास, पाए यस्तो सुझाव

2.7k
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् । आज बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् ।

पौडेलसँगको भेटमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिए ।

जेठ १५ मा प्रस्तुत हुने बजेटका लागि सरकारले राय सुझाव संकलन गरिरहेको छ । देशकै ठूलो राजनीतिक दल कांग्रेस सत्ता साझेदार हो । कांग्रेसले यसअघि नै बजेटमा सुझाव संकलन गरिसकेको छ ।