
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघको दशौं केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । बैशाख १७ र १८ गतेसम्म सम्पन्न भएको महाधिवेशनले रामहरि घिमिरेको अध्यक्षतामा नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ ।
नयाँ केन्द्रीय समितिमा उपाध्यक्ष डिल्लीराज आचार्य, निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बाशु रिजाल, मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह कोषाध्यक्ष रेवती राई र सदस्यहरुमा क्रमशः सरोज खनाल, रामसेवक मण्डल, गोमा धिताल, प्रकाश पोखरेल, अर्जुनराज तिवारी, साधना सुवेदी, जीवन बि.क., सुमन राई, सुरज जप्रेल र अमिष शर्मालाई निर्वाचित भएका छन् ।
अधिनवेशनको उद्घाटन समारोह नेपाल राष्ट्र बैंकको बालुवाटार केन्द्रीय कार्यालयको प्राङ्गणमा नेपाल राष्ट्र बैंककै का.मु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसै गरि अधिवेशनको बन्द सत्र वैशाख १८ गते बैंकको थापाथली कार्यालयको हलमा सम्पन्न भएको थियो । “वैचारिक स्पष्टता र सांगठनिक सुदृढता सहितको गतिशील ट्रेड युनियन, हाम्रो पहिचान । सबल, सक्षम र स्वायत्त केन्द्रीय बैंक निर्माण, हाम्रो अभियान“ भन्ने मूल नाराका साथ सम्पन्न महाधिवेशन महाधिवेशन पूर्व बिराटनगरदेखि पश्चिम धनगढीसम्मका प्रतिनिधी तथा पर्यवेक्षकहरु उपस्थित भएका थिए ।










प्रतिक्रिया