सोमबारदेखि नागढुङ्गा–पिप्लामोड सडक १० दिन आंशिक बन्द

1k
Shares

काठमाडौं । नागढुङ्गा मुग्लिङ सडक योजना(पूर्वी खण्ड) ले आगामी १० दिनको लागि नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आंशिक रुपमा बन्द गर्ने भएको छ ।

आगामी सोमबारदेखि बैशाख ३१ गतेसम्मका लागि उक्त सडक खण्ड बन्द गर्न लागिएको हो । यो सडक खण्ड राति ११ बजेदेखि बिहान ३ बजेसम्मका लागि आँशिक रुपमा बन्द हुनेछ ।

यो समयमा साना तथा मझौला सवारीसाधनको लागि बैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।