वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा झण्डै ३७ अर्ब राजस्व सङ्कलन

49
Shares

वीरगञ्ज । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६१.३४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व सङ्कलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए ।

कार्यालयले साउन तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।