डिजिटल बैंक र ब्याड बैंक स्थापना गर्ने सरकारको घोषणा

896
Shares


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा लैजाने भएको छ । संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागु गर्ने बताए ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ती र खराब कर्जा व्यवस्थापन गर्ने सम्पत्ती व्यवस्थापन कम्पनी (ब्याड बैंक) स्थापना गर्ने घोषणा सरकारले गरेको हो । सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारको डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको हो । संसदमा सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति पौडेलले नीतिगत र कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गर्ने र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गर्ने बताए ।