
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको छ । एकै त्रैमासमा सिरिजमा ५ गम्भीर गल्ती गरेको भन्दै केन्द्रीय बैंकले पूर्ण सरकारी स्वामित्वको आरबीबीलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकका अनुसार बैंकले एकीकृत निर्देशन २०८० को इ.प्रा. निर्देशन नं.२/०८० को बुँदा नं. १ (क) (२) र बुँदा नं. ९(३) र (४) बमोजिम केही कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण गरेको छैन भने सोही निर्देशनको बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको पाइएको छ ।
यसैगरी कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकको दाबी छ भने केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुक्वेसी फ्रेमवर्कबमोजिम जोखिम भार गणना नगरेको र चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्था समेत पूर्ण पालना गरेको राष्ट्र बैंकले बताएको छ ।
सिरिजमा गल्तीका गल्ती गरेपछि राष्ट्र बैंकले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।








प्रतिक्रिया